युवा पुस्ताको प्रतिनिधित्व गर्दै १८ वर्षीया अभिप्सा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुर–१ बाट हेटौँडा–९ की १८ वर्षीया अभिप्सा पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
यसअघि वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी पौडेलले महाधिवेशन प्रतिनिधिको जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा राजनीतिक पुस्तान्तरणका रूपमा लिएको बताइन्।
उनले पार्टीभित्र युवाको आवाज र महिला सहभागिता बढाउन भूमिका खेल्ने बताउँदै महाधिवेशन प्रतिनिधिलाई पदभन्दा जिम्मेवारीका रूपमा लिएको उल्लेख गरिन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
