धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
प्रमुख खबर
धादिङ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। पहिरो नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन।
सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो लाइन लाग्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
