भोटेकोशी-रसुवा बाढीपीडित परिवारसँग अर्थमन्त्री वाग्ले, ‘मन्त्रालय र भन्सार प्रशासन तपाईंहरूको साथमा छ’
प्रमुख खबर
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई मन्त्रालय र भन्सार प्रशासन साथमा रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा पीडित परिवारसँगको भेटमा उनले परिवारका समस्या र आवश्यकतालाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
भन्सार कर्मचारी गुमाउनुपर्दा आफूहरू पनि दुःखी भएको उल्लेख गर्दै मन्त्री वाग्लेले परिवारले बुझाएको प्रारम्भिक मागपत्र कार्यान्वयन गर्दै लगिने बताए ।
‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ,’ उनले भने ।‘तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न । हामी तपाईंहरूको साथमा छौँ,’ उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
