`

प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति हर्क साम्पाङको कटाक्ष- ‘भोलि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने?’

Nepal One HD १९ असोज २०८३ १०:०६
प्रमुख खबर

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेका व्यक्तिले सार्वजनिक मञ्चमा व्यक्त गर्ने अभिव्यक्तिप्रति गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, “प्रधानमन्त्रीजस्तो पदले खुला मञ्चका बारेमा त्यति तल झरेर किन बोल्या होला ? प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा!”

साम्पाङले विकास निर्माणका कामलाई लिएर ‘मैले बाटो बनाएकोले हिँड्न पायौ’ भन्ने किसिमको अभिव्यक्ति दिनु कत्तिको उपयुक्त हुन्छ भन्ने प्रश्नसमेत उठाएका छन्।

उनले भनेका छन्, “भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने त बिता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *