`

बबरमहलमा आकाशे पुल निर्माण अन्तिम चरणमा [तस्वीरहरू]

Nepal One HD १९ असोज २०८३ १६:३५
फोटोफिचर

काठमाडौं । काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ।

पैदलयात्रीलाई व्यस्त सडक वारपार गर्न सहज बनाउने उद्देश्यले निर्माण भइरहेको पुलका दुवै भाग जोडिसकिएको छ। अब पुलमा उक्लने र ओर्लने भर्‍याङ जडान गरेपछि सर्वसाधारणका लागि सञ्चालनमा ल्याइनेछ।

पूर्वाधार विकास मन्त्रालयको २ करोड ५० लाख रुपैयाँ लगानीमा पुल निर्माण भइरहेको हो। पुल सञ्चालनमा आएपछि माइतीघर–बानेश्वर सडकखण्डमा पैदलयात्रीलाई सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ।

बबरमहल क्षेत्रको सडकमा सवारीसाधनको चाप उच्च रहने भएकाले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउन आकाशे पुल निर्माण गरिएको हो।

पुल सञ्चालनमा आएपछि सडकमा हुने पैदलयात्रीको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।

&

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *