`

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

Nepal One HD २३ असोज २०८३ २१:०३
प्रमुख खबर

सुदूरपश्चिम । सुदुरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन बिष्टलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उgलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रुपमा वकालत गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *