बूढीगण्डकी नदीमा ठूलो बाढी, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
प्रमुख खबर
काठमाडौं। बूढीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेसँगै बाढीको जोखिम बढेको छ। गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रअन्तर्गत बूढीगण्डकी नदीको स्यारखोला तर्फबाट ठूलो बाढी आएको छ। नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ।
चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार स्यारखोला तर्फबाट बूढीगण्डकी नदीमा ठूलो बाढी आएको हो। नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको उनले जानकारी दिइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
