`

सरकारलाई सकारात्मक समन्वय र सहकार्यका साथ काम गर्ने अवसर दिनुपर्छ – कुलमान घिसिङ

Nepal One HD २५ असोज २०८३ ६:३६
प्रमुख खबर

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारलाई सकारात्मक समन्वय र सहकार्यका साथ काम गर्ने अवसर दिनुपर्ने बताएका छन्। उनले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने सरकारका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै सरकारका कामलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशमा सुशासन, पारदर्शिता र आर्थिक गतिविधि प्रवर्द्धनका लागि सरकारले अघि सारेका सकारात्मक पहललाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। उनका अनुसार मुलुकको समग्र विकास, प्रशासनिक सुधार र जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारका प्रयासलाई सकारात्मक दृष्टिकोणबाट हेर्नु आवश्यक छ।

घिसिङले सरकारले अघि बढाएका राम्रा कामलाई सहयोग गर्दै आवश्यक विषयमा रचनात्मक सुझाव दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। सरकारका कामकारबाहीको मूल्याङ्कन गर्दा राजनीतिक आग्रहभन्दा पनि त्यसले जनतालाई पुर्‍याउने लाभ र देशको विकासमा पार्ने प्रभावलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *