`

फोहर घरमै सङ्कलन गरी राख्न काठमाडाैँ महानगरकाे अनुरोध

Nepal One HD ३० असोज २०८३ १८:३०
प्रमुख खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।उक्त दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर घरमै सङ्कलन गरी राख्न अनुरोध भएको हो।

जम्मा भएका फोहरलाई कुहिने र नकुहिनेलाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेका छन्। उक्त मितिबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिनएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *