`

‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेर फर्किएकी सान्वीलाई जनकपुरधाममा स्वागत तथा सम्मान

Nepal One HD ४ कार्तिक २०८३ १८:५३
प्रमुख खबर

जनकपुरधाम। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ।

विजेता मण्डलको गाउँ भोइलमा मंगलबार आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनलाई स्वागत तथा सम्मान गरेका हुन्।

थाइल्याण्डको राजधानी बैङ्कक गत महिना सम्पन्न सौन्दर्य प्रतियोगितामा सान्वीले ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेकी थिइन्।

शारीरिक तथा मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिने सो प्रतियोगितामा उनले जनकपुरधाम र मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दै झिझिया नृत्यलाई आफ्नो प्रतिभाको रुपमा प्रस्तुत गरेकी थिइन्।

सो अवसरमा प्रदेश सभामुख यादवले विश्वमञ्चमा सहभागी भई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा समग्र मधेस प्रदेशका तर्फबाट उनलाई धन्यवाद दिए।

यसैगरी, बैङ्ककमा सम्पन्न सौन्दर्य प्रतियोगितामा उपाधि जित्न सफल भई जनकपुरधाम र मिथिला संस्कृतिको समेत संवर्द्धनमा अमूल्य योगदान दिनुभएको भन्दै स्थानीयवासीका तर्फबाट सम्मान व्यक्त गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *