प्रशिक्षकसँगको विवादपछि रोनाल्डोमाथि अनुशासनात्मक कारबाही, २५५ युरो जरिवाना
खेलकुद
काठमाडौं – चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले अनुशासन उल्लङ्घन गरेको भन्दै २५५ युरो (करिब ४३ हजार ४२० रुपैयाँ) जरिवाना गरेको छ।
प्रशिक्षक जोर्गे जेसुससँगको विवादपछि प्रशिक्षण शिविर छाडेका रोनाल्डोलाई ३० दिनको निलम्बनसमेत गरिएको छ। रोनाल्डोले यसअघि आफ्नो व्यवहारप्रति माफी मागिसकेका छन्।
रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
