सरकारले नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने : गृहमन्त्री लामिछाने

प्रमुख खबर

काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री लामिछानेले जनादेश अनुसार सरकारमा सहभागी दलहरूका एजेन्डालाई सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम आउन लागेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारमा सहभागी दलहरूको राजनीतिक पृष्ठभूमि फरक भए पनि जनतालाई प्राथमिकतामा राखेर सेवा दिने कुरामा सबै एकमत भएकाले कुनै विवाद नरहेको बताउनुभयो ।
प्रतिक्रिया
ताजा अपडेट