`

सिरहाको मिर्चैयामा ६ राउण्ड हवाई फायर

Nepal One HD २४ पुष २०७९ १४:१२
प्रमुख खबर

काठमाडौँ – सिरहाको मिर्चैयामा ६ राउण्ड हवाई फायर गरिएको छ ।

मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा–८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताउनु भयो ।

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।

सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।


प्रतिक्रिया