`

प्रदेश १ को मुख्यमन्त्री हिक्मत कार्कीले सपथ ग्रहण गर्ने, मन्त्रिमण्डल गठन गर्ने तयारी

Nepal One HD २५ पुष २०७९ ११:२९
प्रमुख खबर

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार आज सपथ ग्रहण गर्ने भएका छन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयका अनुसार सोमबार दिउँसो २ बजे नवनियुक्त मुख्यमन्त्री कार्कीले सपथ ग्रहण गर्ने भएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । सत्ता साझेदार दलहरूलाई समेटेर सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी रहेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जनाले प्रदेश सरकारको मन्त्रीको रुपमा सपथ लिने उनले जनाकरी दिए ।

एमालेबाट आज नै मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी रहेका छन् । माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई र राप्रपाबाट संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सरकारमा जाने तयारी रहेको बताईएको छ ।

 


प्रतिक्रिया