विश्वासको मत दिन सबैलाई आग्रह गर्ने माओवादीको निर्णय


काठमाडौँ / नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग आग्रह गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग आग्रह गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले मङ्गलवार संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सांसदहरूलाई संसदमा प्रस्तुत हुने विषयमा जानकारी गराउनुभएको थियो भने पार्टी अध्यक्ष दाहालले विश्वासको मत दिनका लागि सबै दलहरूलाई आह्वान गर्ने र सांसदहरूले पनि व्यक्तिगत रूपमा विश्वासको मत दिनका लागि कुरा गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा दाहालले सरकार गठनका लागि हस्ताक्षर गरेका बाहेकका दलहरूसँग पनि विश्वासका मत दिनका लागि छलफल भएको जानकारी गराउनुभएको थियो ।