इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कुन रुटको कति ?

प्रमुख खबर

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा निगमले नयाँ भाडादर आगामी पुस २७ गतेबाट लागु हुने गरि घटेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रुपैयाँले घटेर १४ हजार २०५ रुपैयाँ कायम भएको छ । त्यस्तै, काठमाडौंबाट पोखराको हवाई भाडा ३ सय २० रुपैयाँ घटेको छ । नयाँ भाडादर अनुसार ६ हजार ६सय ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, काठमाडौंबाट विराटनगरको ४ सय ८५ रुपैयाँले भाडा घटेर ९ हजार ७ सय २० रुपैयाँ कायम भएको छ ।
काठमाडौंबाट नेपालगन्जको फ्लाइटमा ६सय ५५ रुपैयाँ भाडा घटेर १३ हजार ३२५ रुपैयाँ नयाँ भाडादर कायम भएको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।
प्रतिक्रिया