`

‘प्रतिपक्षी दलले अड्काउने होइन सघाउने काम गरोस्’ : रवि लामिछाने

Nepal One HD २५ पुष २०७९ १४:१८
प्रमुख खबर

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

उनले संसदमा प्रतिपक्ष दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । उनले भने संसद प्रतिपक्षले रचनात्मक रुपमा सुझाव सल्लाह दिन सकेको खण्डमा त्यो खबरदारीलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न सक्छन् । म अपेक्षा गर्छु। प्रतिपक्षी दलले अड्काउने होइन, सघाउने काम गरोस् भन्ने चाहन्छु ।’

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने । जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खाेलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई  आग्रह गरे । भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।


प्रतिक्रिया