`

संसद्‌मा अध्यक्ष लिङ्देनको सुझाब : ‘देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं’

Nepal One HD २५ पुष २०७९ १४:४३
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सुझाब दिएका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबैका विचारभन्दा माथि देश रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, हामी सबैका विचारभन्दा माथि देश छ । त्यसकारण देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं ।’

राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। राप्रपा मुलुकको अस्थिरको कारक नबन्ने प्रष्ट पारेका छन् । जनताले सबै दललाई मिलेर देश चलाउन म्यान्डेड दिएको बताएका छन् । जनताले कुनै पनि दललाई विश्वास नगरेको उनको तर्क छ। उनले भने, ‘जनताले कुनै एउटा राजनीतिक दललाई विश्वास गरेनन्। सबै दल मिलेर देश चलाउन जनताको म्यान्डेड छ।’

कसैलाई पनि निषेध गरेर आफूहरु अघि ब‍ढ्ने पक्षमा नरहेको उनले बताए । साथै राप्रपा मुलुकको अस्थिरताको कारक नबन्ने स्पष्ट पारे।


प्रतिक्रिया