`

महंगी, कालोबजारी र भष्ट्राचार नियन्त्रण गर्नुपर्ने अध्यक्ष माधवकुमार नेपालको माग

Nepal One HD २५ पुष २०७९ १४:५४
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा विचौलिया सक्रिय रहेको बताउदै यस्तो भनेका हुन् ।

महंगी, कालोबजारी र भष्ट्राचार नियन्त्रण गर्नुपर्ने उनको माग छ । उनले मिटरब्याजीहरुले जनताको जीवनलाई नर्कतुल्य बनाएको भन्दै सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।

उनले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको बताएका छन् । समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सम्वृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ समेत दिएका छन् ।

 

 


प्रतिक्रिया