`

कांग्रेसको समर्थनभित्र जाल वा ढोक्सा हुन सक्ने अध्यक्ष ओलीको टिप्पणी

Nepal One HD २६ पुष २०७९ १४:३५
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थनभित्र कुनै जाल हुन सक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गर्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताएका हुन् । एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताएका छन् ।

देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।

लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन रु’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए । देउवाले विघटन गरेको मितिमा भने ओली झुक्किएका छन् ।


प्रतिक्रिया