‘काम धेरै र कुरा कम गरौं, नभए हामीलाई गफाडीको राजा भन्न सकिन्छ’ : माधव नेपाल

प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुरा कम गरेर काम धेरै गर्ने सबैलाई सझाव दिएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले कुरा सुन्दासुन्दा जनताको कान थाकिसकेको र वाक्क दिक्क भइसकेकालले सबैलाई कम गर्ने सुझाव दिएका हुन् ।
उनले भने ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं ।’
अध्यक्ष नेपालले पार्टीले सरकारलाई विश्वासको मत दिँदै रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने बताएका छन् । ‘रचनात्मक प्रतिपक्षीको भूमिका खेल्ने आफ्नो ठाउँमा छ । यो सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट