`

प्रधानमन्त्री दाहाल भन्छन् : ‘यसपटक जति काम गर्छु, राम्रो मात्र गरेर देखाउँछु’

Nepal One HD २९ पुष २०७९ १३:१०
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यकाल आफ्नो लागि परीक्षा भएको र त्यसमा उत्तीर्ण हुने गरि काम गर्ने बताएका हुन् ।

उनले भने, ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु । यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु । म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ । निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ। कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन् । हामी इमान्दार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ ।’

प्रधानमन्त्री दाहालले आफूहरूलाई अहंकार गर्ने छुट नभएको उल्लेख समेत गरेका थिए ।

हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीले बताएका छन् । हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र  भएकाले  सरकारले  हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रधानमन्त्रीको भनाई  थियो ।


प्रतिक्रिया