बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

प्रमुख खबर

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट