नेकपा एसमा प्रवेश गर्दै भुसालको टिप्पनी– ‘एमालेले राम्रो मत पायो भने फेरि संसद विघटन गर्छन्’


काठमाडौं । वामपन्थी नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले एकीकृत समाजवादी पार्टी रोज्नुपरेको बताएका छन् । शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गर्दै नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताएका हुन् ।
ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको उनले बताएका छन् । यस तर्कमा आफु बहस गर्न जहिल्यै तयार रहेको बताउदै आफु एमालेमा रहन नसको बताएका छन् । भुसालले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेको दाबी गरे । उनले एमालेले जनमत पाएमा फेरि संसद विघटन गर्ने बताए । उनले भने, ‘अहिले पनि एमालेले राम्रो मत पायो भने एमाले नेतृत्वले संसद विघटन गर्छु भनेर अस्ति प्रतिनिधि सभामा भनिसकेका छन् । यो गलत कुरा होइन पायोभने हामीले गर्छु भन्या न हो ।’
भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।