`

गण्डकी प्रदेशले आज सभामुख पाउने, कस्को सम्भावना कति ?

Nepal One HD ३० पुष २०७९ १२:५६
प्रमुख खबर

काठमाडौं । गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाउने भएको छ  । प्रदेशसभा सचिवालयले गरेको सभामुख चयनको मिति र तालिकाअनुसार आज ३ः०० बजेको बैठकले नयाँ सभामुख चयन गर्ने भएको हो ।

नेपालको संविधानको धारा १८२ को उपधारा १० बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफुहरूमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले  निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् ।

प्रदेशसभाले सार्वजानीक गरेको निर्वाचन तालिका अनुसार बिहान ११ः०० बजेदेखि दिनको १ः०० बजेसम्म सभामुखका लागि प्रस्ताव दर्ताको सूचना गर्ने भएको छ भएको छ ।  मध्यान्न १ः३० बजे सूची प्रकाशन गरि दिउँसो ३ः०० बजे प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने ।

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीकातर्फबाट गोरखा १ कबाट कृष्ण धिताल निश्चित जस्तै भएको छ । सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो । प्रमुख प्रतिपक्ष दल काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ ।


प्रतिक्रिया