`

माओवादीका कृष्ण धिताल गण्डकी प्रदेश सभाको सभामुखमा निर्वाचित

Nepal One HD ३० पुष २०७९ १६:५४
प्रमुख खबर

पोखरा । गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रदेश सभाको शनिबारको बैठकमा भएको मत विभाजनपछि गोरखा १ (क) बाट निर्वाचित धिताल निर्वाचित भएका हुन् ।

शनिबार भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन् । मतदानमा ५८ सांसद सहभागी थिए । उनलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३२ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए ।

उनले गोरखाको भिमसेन गाउँपालिका १ बाट निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया