`

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

Nepal One HD ३० पुष २०७९ २०:०७
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिवार साँझ प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएकोछ । भेटमा प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ । आज बिहान पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।


प्रतिक्रिया