दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा ३० जनाको शव फेला

प्रमुख खबर

काठमाडौं -आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो जानकारी अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
अहिले शब निकाल्दै रहेकाले कोही जिवित भेटिने सम्भाबना ना नरहेको बताइएको छ । पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन नसकिएको र भेटिएका सबै शबहरु डढेको अबस्थामा भेटिएको बताइएको छ ।
जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा(१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ।
क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । आगोको मुस्लो देखिए लगत्तै उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको हो ।
प्रतिक्रिया