`

पोखरा यति एयरलायन्सको विमान दुर्घटना : शव आजै आफन्तलाई जिम्मा लगाइँने

Nepal One HD २ माघ २०७९ ८:१७
प्रमुख खबर

काठमाडौं – आइतबार पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएर पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाइने भएको छ ।

शव विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको हो । विदेशी नागरिक, काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

विमान दुर्घटनामा सवार ७२ जनामध्ये ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको शाहीले जानकारी दिए ।


प्रतिक्रिया