`

 कर्णाली प्रदेशसभा बैठक भाेली बस्दै

Nepal One HD १६ असार २०८० १५:५६
प्रशासन

सुर्खेत – भाेली कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । 

बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ । 

संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाईएको छ । 


प्रतिक्रिया