`

कर्णाली प्रदेशसभा बैठक आज बस्दै

Nepal One HD १७ असार २०८० ८:३३
प्रशासन

सुर्खेत – कर्णाली प्रदेशसभा बैठक आज बस्दैँछ ।  बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्न लागेको हो । 

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आज बस्ने गरी तय गरिएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।  

संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ । 


प्रतिक्रिया