`

रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

Nepal One HD १ साउन २०८० १३:५५
प्रमुख खबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

उनले त्यस दिन दिउँसो १ः२६ बजे रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौं निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया