`

ललिता निवास प्रकरण : थप एक जना पक्राउ

Nepal One HD ७ साउन २०८० १२:५५
प्रमुख खबर

काठमाडौं / ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।

श्रेष्ठ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।


प्रतिक्रिया