`

कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने

Nepal One HD २५ साउन २०८० २१:२५
प्रमुख खबर

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो। 

उहाँले भन्नुभयो, “कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ। आउने साता प्रकाशन गर्नेर्छौ ।” अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया