`

सुन तस्करी प्रकरण :पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

Nepal One HD २७ साउन २०८० १३:२८
प्रशासन

काठमाडौं / एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक ली जियालिङ र लिउ फुयान रिहा भएका छन्।

शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका ली जियालिङ र लिउ फुयानलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई सुन पक्ररणमा संल्गनता रहेको आशंका पक्राउ गरिएको थियो। राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो।

तर, पछि उनीहरूको संल्गनता नरहेको भन्दै रिहा गरिएको हो ।


प्रतिक्रिया