`

सार्वजनिक लेखासहित तीन वटा संसदीय समितिको बैठक बस्दै 

Nepal One HD ३२ साउन २०८० ८:५५
प्रशासन

काठमाडौँ । आज सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीन वटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहान ११ बजे बैठक बस्नेछ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।


प्रतिक्रिया