`

विराटनगरलाई २ महिना निशेधित क्षेत्र घोषणा

Nepal One HD ३१ भदौ २०८० १८:२२
प्रमुख खबर

विराटनगर– जिल्ला प्रशासन कार्यालय विराटनगरले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा आसपासको क्षेत्रलाई २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । पहिचानवादीहरुले गर्ने प्रद्धर्शनलाई ध्यानमा राखेर भोली असोज १ गतेदेखि २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

पहिचानवादीहरुले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदशनको तयारी गरेका छन् । उक्त
प्रद्धर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा वरिपरि र मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले यस्ता समुहको गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रशासनले सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, ज्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको जनाएको छ ।


प्रतिक्रिया