सिंहदरबार अगाडी प्रद्धर्शन गर्ने १७ जना पक्राउ

प्रशासन

काठमाडौ– सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट