एमाले उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध निर्वाचित

प्रमुख खबर

काठमाडौ– नेतृत्वको लागि दावी गरेका चन्द्र रिजाल पछि हटेपछि नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३ सय भन्दा बढी प्रतिनिधिहरु छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट