टीकाको दिन उपत्यकामा निःशुल्क बस सेवा

प्रमुख खबर

काठमाडौ- नेपाल प्रहरीले विजया दशमी टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । टीका लगाउनका लागि आवातजावत गर्ने यात्रुलाई सहजताका लागि उपत्यकामा दुई वटा रुटमा निःशुल्क बस सेवा दिने प्रहरी हेडक्वाटरले जानकारी गराएको हो । टीकाको दिन सार्वजनिक बस कम चल्ने र यात्रुलाई आवतजावतमा असहज हुने भएकोले त्यसलाई हटाउन निःशुल्क बस सेवा दिन लागिएको प्रह।ीको भनाइ छ । बस सेवा दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म संचालन हुनेछ ।
यस्तै, सशस्त्रले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट