`

न्याय नपाउँदासम्म अनसन बस्छु : भारती

Nepal One HD १२ कार्तिक २०८० १४:३४
प्रशासन

काठमाडौ– राष्ट्रपतिबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई कारवाहीको माग गर्दै नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।

आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका योगराज ढकाललाई आममाफी दिइएको भन्दै पुनः कारवाहीको माग गर्दै भारतीले पुन रिले अनसन सुरु गरेकी हुन् । भारतीले दशैं अघिनै अनसन थालेको भएपनि केहि दिनका लागि स्थगित गरेकी थिइन् । आफ्ना आवाज राज्यलाई सुनाउन अनसन बस्नु परेको उनको भनाइ छ । उनले न्याय नपाउँदासम्म अनसनलाई निरन्तरता दिने पनि बताइन् ।

२०७२ असार २८ गते बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रिगललाई २०७५ सालमा जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्द कैदको सजाय सुनाएको थियो । तर, सरकारले गत असोज ३ गते नवौं संविधान दिवसको अवसरमा ढकाललाई आममाफी दिएको थियो । भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् ।


प्रतिक्रिया