ललितपुरमा पनि निषेधाज्ञा, युएन हाउस र मन्त्री निवास आसपासका क्षेत्रमा प्रदर्शन गर्न रोक

प्रमुख खबर

ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा बताइएको छ ।
आजदेखि लागु भई ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जारी आदेशमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट