सांग्रिला डेभलपमेन्ट बैंकको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

बैंकले एक सूचना जारी गर्दै गत मंसिर २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । 

बैंकले उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको जनाएको छ ।  

बैंकले मंसिर १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने बैंकले उल्लेख गरेको छ ।  

सम्बन्धित समाचार

सबै