क्यानको बोर्ड बैठकमा पारसको कसैले राजीनामा मागेको छैनः अध्यक्ष चन्द(भिडियोसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यानका सचिव पारस खड्काको कसैले राजीनामा नमागेको बताएका छन् ।
‘नेपाल वान एचडी’सँग कुरा गर्दै अध्यक्ष चन्दले क्यानको बोर्ड बैठकमा कसैले पनि पारसको राजीनामा नमागेको बताएका हुन् । उनले भने,‘पारस खड्काले काम गर्न खोजेको छ । काम गर्ने वातावरण दिने हो । एक वर्ष भएको छैन किन राजीनामा दिने ? चुनाव लड्ने फेरि ?’
त्यस्तै उनले नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाइलाई कारबाही गर्ने कुरा पनि हल्लाको विषय मात्र भएको बताए । उनले मोन्टी देसाइसँग सुझाव माग गर्ने बैठकमा कुरा भएको बताए । यसबारेमा मिडियाहरुले गलत भ्रम छरेको बताए ।
उनले भने,‘कहिले सन्दीप लामिछानेलाई टीममा राखेन भन्छ, ऊ टीममा छ, १५ जनामै थियो । सुविधा अर्को कुरा हो । कहिले डाक्टर भएन । २५ जनामा फलानो हाल्यो भन्छ, बदनाम गर्ने काम भयो । यसले के दिन्छ ?’ उनले जर्सी अमेरिका लगेर बिक्री गरेको विषय पनि झुट भएको बताए ।