समाचार
न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

सिएनएन । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ । शनिबार राति इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको सिएनएनले जनाएको छ ।
पुलमा ठोक्किएपछि जहाजमा सवार १९ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ । जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन रोकिएको थियो ।
निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ । मेक्सिकोको नौसेनाले जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ । जहाजमा २७७ जना सवार थिए।
प्रतिक्रिया