समाचार
सुदूरपश्चिमका नवनियुक्त उद्योगमन्त्री चौधरीले लिए शपथ

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए।
विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो । चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका छन् ।
प्रतिक्रिया