समाचार

गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलको स्वीकृति

NepalOne
५ जेठ २०८२ १५:०४

गाजा । दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन बढ्दो दबाबको सामना गरेपछि इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’ लाई अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक गाजामा सेनाले अपरेसन अभियान सुरु गरेको घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नको लागि छलफल गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ ।

इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहबिरूद्ध भएको बताएको छ, भने संयुक्त राष्ट्रसङ्का निकायहरूले खाना पानी, इन्धन र औषधिको गम्भीर अभावको चेतावनी दिएका छन् ।

इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसहरू भोकबाट गुज्रिरहेको र हामीले उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताएका थिए ।

फ्रान्सेली विदेश मन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिना अवरोध’ सहायताको आपूर्ति पुनः सुरु गर्न अनुमति दिन आग्रह गरेका छन् ।

इजरायली सेनाले गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसनहरू सुरु गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ ।

इजरायलले बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको भन्दै शनिबारदेखि सुरु भएको अभियानमा दुई पक्षले कतारमा अप्रत्यक्ष वार्ता गरेका थिए ।

नेतान्याहुको कार्यालयले भने दोहाका वार्ताकारहरूले लडाइँ अन्त्य गर्ने सम्झौताका रूपमा सबै सम्भावनाहरू समाप्त गर्ने काम गरिरहेको उल्लेख गरेको छ ।

मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका दूत स्टिभ विटकोफ पनि छलफलहरूमा संलग्न रहेका थिए ।

नेतान्याहुको वक्तव्यमा अधियानमा बन्धकहरूको मुक्ति, हमास समूहको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण समावेश हुने बताएको छ ।

मार्चमा इजरायलले दुई महिनाको युद्धविराम भङ्ग गरी आक्रमण पुनः सुरु गरेपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा कुनै प्रगति हुन सकेको छैन ।

नेतान्याहूले हमासको पराजयबिना युद्ध अन्त्ये नगर्ने बताएक छन् भने हमासले आफ्ना हतियारहरू बुझाउन अस्विकार गरिरहेको छ ।

हमासले सबै इजरायली बन्धकहरूलाई एकै पटकमा रिहा गर्न इच्छुक भएता पनि इजरायल ‘अस्थायी युद्धविराम’को बदलामा आफ्ना कैदीहरूलाई रिहा गर्न चाहेको जनाएको छ ।


प्रतिक्रिया