समाचार

महिमानसिंह विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश

NepalOne
५ जेठ २०८२ १७:२४

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागार चलानको पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया