ऊर्जामन्त्रीलाई नहटाए देश डुब्छ, जनआन्दोलन अन्तिम उपाय देखियो: महावीर पुन

NepalOne ७ जेठ २०८२ १४:३२
बिशेष

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्कलाई दिउँसै रात पार्ने पापी भनेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत पुनले ऊर्जामन्त्रीलाई पापी भन्दै नहटाए देश डुब्ने बताएका हुन् । ऊर्जामन्त्री खड्काका कारण दिउँसै अध्यारो भएको भन्दै बृहत जनआन्दोलन गरेर उनलाई हटाउनुपर्ने पुनको जिकिर छ।

‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो,’फेसबुकमा उनले लेखेका छन्।

 


प्रतिक्रिया