अख्तियारको नियन्त्रणमा रहेका सहसचिव भट्टराई रिहा
प्रमुख खबर

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका भट्टराई बुधबार साँझ रिहा भएका हुन् । अख्तियारले भट्टराईलाई बुधबार राति कागज गराएर रिहा गरेको हो ।
उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा भएका थिए ।
प्रतिक्रिया